भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक

अमेरिकीले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘आँखामा पट्टी बाँधिएको’ मदुरोको तस्बिर आफ्नै सामाजिक सञ्जाल ’ट्रुथ सोसियल’ मा सार्वजनिक गर्नुभएको हो । सार्वजनिक तस्बिरमा ६३ वर्षीय मदुरोले ट्र्याक सुट लगाएको र एउटा प्लास्टिकको पानीको बोतल समातिरहेको अवस्थामा देखिनुभएको छ । ट्रम्पले भेनेजुएलामा सत्ताको सुरक्षित हस्तान्तरण नभएसम्म अमेरिकाले नै त्यहाँको शासन व्यवस्था सञ्चालन गर्ने बताउनुभएको छ । साथै, उहाँले भेनेजुएलाको विशाल कच्च...