देशभर चिसो थप बढ्यो : ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा हिमपात

काठमणडौ – देशभर चिसो थप बढेको छ । पुस महिना लागेपछि नै तापक्रम घट्न थालेकोमा मध्यपुसयता थप घट्दै गएको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस र मुस्ताङको जोमसोममा माइनस ४.५ डिग्री सेल्सियस रहेको छ । त्यहाँ खोलाको पानी समेत जमेको छ । अरू ठाउँमा पनि न्यूनतम तापक्रम घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाण्डौ उपत्यकामा हिजो न्यूनतम तापक्रम ४.५ डिग्रीमा झर्‍याे । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार तराई क्षेत्रमा हुस्सु, कुहिरो कायमै छ । यो क्रम अझै ...