मादुरोलाई ३० मिनेटमै नियन्त्रणमा लिएको थियो अमेरिकाले, प्रयोग भएका थिए १५० सैन्य विमान

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोविरुद्ध गरेको सैन्य कारबाही ३० मिनेटभन्दा कम समयमा सम्पन्न भएको र त्यसमा १५० भन्दा बढी सैन्य विमान प्रयोग गरिएको खुलेको छ ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा आफ्ना स्वास्थ्यसम्बन्धी पोस्ट गरिरहेका बेला भेनेजुएलाविरुद्धको ‘ठूलो स्तरको’ अमेरिकी सैन्य अपरेसन अन्तिम चरणमा पुगिसकेको थियो । अमेरिकी अधिकारीहरूका अनुसार ‘एब्सोल्युट रिजोल्भ’नाम दिइएको उक्त अपरेसन महिनौंदेखि योजनाबद्ध र अभ्यास गरिएको थियो ।  एकपटक शुरू भएपछि यो ३० मिनेट...