सरकारले भन्सार कार्यालयमा सुरु गरेको कारोबार मूल्यको आधारमा गरिने भन्सार मूल्याङ्कन प्रणालीले वैध व्यापार बढ्ने र यसले वस्तुको मूल्य घटाउनेसम्मको प्रभाव पार्ने देखिएको छ । अर्कोतिर भन्सार प्रक्रिया पारदर्शी बन्ने र राज्यले प्राप्त गर्ने राजस्व सङ्कलन पनि बढ्ने अपेक्षा गरिएको छ । भन्सार कार्यालयले राख्ने सन्दर्भ पुस्तिकाका आधारमा वस्तुको मूल्याङ्कन गर्ने र त्यसैको आधारमा भन्सार महसुल सङ्कलन गर्ने परम्परा तोड्दै सरकारले देशैभरका कार्यालयमा वस्तुको प्रचलित कारोबारलाई आधार मानेर मूल्याङ्कन सुरु गरेको छ । जसलाई उद्योगी व्यवसायी तथा ...