विदेशी शिक्षामा बेथिति : आफैँले दिएको अनुमति रद्द गराउँदै मन्त्रालय

वैदेशिक शिक्षा स्वदेशमा भित्र्याउने नाममा सञ्चालित केही शिक्षण संस्थाले मनपरी रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरेको पाइएको छ । यस्ता केही शिक्षण संस्थाको बदमासीका कारण विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा पढाइ सञ्चालन गरिरहेका समग्र शैक्षिक संस्थाप्रति नै नकारात्मक सन्देश गएको छ। साथै यस्तो बेतिथि रोक्न नसकेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमाथि पनि पटक पटक असन्तुष्टि थोपरिने गरेको छ । पछिल्लो समय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा शैक्षिक कार्यक्रम सञ्चालन गरेका यहाँका तीन वटा...