भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नीलाई अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा लगिएको छ। मादुरोलाई बोकेको ठानिएको सवारी टोली न्यूयोर्कको म्यानह्याटनमा रहेको अमेरिकी लागूऔषध नियन्त्रण निकाय (डीईए) को मुख्यालयबाट निस्केर वेस्टसाइड हाइवेतर्फ गएको र त्यसपछि पुनः हेलिपोर्ट फर्किएको बीबीसीले जनाएको छ । त्यसपछि मादुरो र उनकी पत्नी हेलिकोप्टरमा चढेर ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरतर्फ लगिएको बुझिएको छ। उनीहरूलाई लिएर तीनवटा हेलिकोप्टर हडसन नदी हुँदै न्यूयोर्क बन्दरगाहमा रहेको स्ट्याचु अफ ल...