संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भेनेजुएलामा अमेरिकाले गरेको सैन्य कारबाहीप्रति चिन्ता व्यक्त गरेका छन्। उनका प्रवक्ताले जारी गरेको वक्तव्यमा यसले क्षेत्रीय स्थिरतामा नकारात्मक असर पार्न सक्ने चेतावनी दिइएको छ। वक्तव्यमा भनिएको छ, 'भेनेजुएलाको आन्तरिक अवस्थाभन्दा अलग रहेर हेर्दा पनि अमेरिकाको यो कदम खतरनाक उदाहरण बन्न सक्ने देखिन्छ।' अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरको सबै पक्षबाट पूर्ण सम्मान हुनुपर्नेमा गुटेरेसले जोड दिएका छन्। महासचिवले अन्तर्राष्ट्रिय कानुनका नियमहरू पालना नभएकोप्र...