भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी तथा प्रथम महिला सिलिया फ्लोरेसविरुद्ध अमेरिकामा गम्भीर आपराधिक आरोप लगाइएको छ। अमेरिकी महान्यायाधिवक्ता पाम बन्डीका अनुसार मादुरो दम्पतीमाथि न्यूयोर्कको साउदर्न डिस्ट्रिक्ट अदालतमा अभियोग दर्ता भएको छ। उनीहरूमाथि लागूऔषध आतंकवाद (नार्को–टेररिज्म) गर्ने षड्यन्त्र, कोकिन अमेरिकामा आयात गर्ने षड्यन्त्र, मेसिनगन तथा विनाशकारी हतियार राखेको र ती हतियार राख्ने षड्यन्त्र गरेको आरोप लगाइएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार मादुरो दम्पतीको ‘बुकिङ प्रक्रिया’ सुरु भ...