मुक्तिनाथ विकास बैंकको २० औं वर्ष प्रवेशको अवसरमा बैंकले कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि र किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले ‘मुक्तिनाथ एग्रि-फाइनान्स ३६०’ कार्यक्रम गरेको छ । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले सरकारको तर्फबाट कृषि क्षेत्रको समग्र विस्तार गर्न सबै सरोकारवालामा उत्प्रेरणात्मक वातावरण निर्माण गर्ने बताए । यसै सन्दर्भमा कृषि लगानी विस्तार तथा कर्जा गुणस्तर सुदृढ बनाउन क्रेडिट ग्यारेन्टी, वित्तीय साक्षरता, कृषि बीमा, मूल्य शृंखलामा समन्वय, सहकारी तथा ...