स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाको जित

२० पुस, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको बार्सलोनाले जित हासिल गर्दै अग्रता बढाएको छ । गएराति भएको खेलमा बार्सिलोनाले इस्पान्योललाई २-० ले हराएको हो । बार्सिलोनाको जितमा डानी ओल्मो र रोबर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । ओल्मोले ८६औं तथा लेवान्डोस्कीले ९०औं मिनेटमा गोल गरेका थिए । जितपछि बार्सिलोनाले२० खेलमा ४९ अंक जोडेको छ […]