२० पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनलले बर्नमाउथलाई हराएको छ । बर्नमाउथको मैदानमा भएको खेलमा आर्सनल ३-२ गोलअन्तरले विजयी भएको हो । आर्सनलको जितमा डेक्लान राइसले २ तथा गाब्रियल मागाल्सले १ गोल गरे । बर्नमाउथका इभालिन्सन र एली जुनियर क्रुपीले १-१ गोल गरे । खेलमा सुरुवाती अग्रता १०औं मिनेटमा इभालिन्सनको […]