म्याग्दीको मंगला गाउँपालिका–२ ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् । ताराखेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मंगला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा शनिबारदेखि सडकबत्ती बालेर रातको समयमा उज्यालो बनाउन थालेका हुन् । तिहारमा देउसीभैलो खेलेर जुटाएको ३५ हजारसहित ७० हजारको लागतमा १५ वटा सडकबत्ती जडान गरेर ताराखेतलाई झिलीमिली बनाएको स्थानीय युवा अर्जुन पौडेलले बताए । ‘देउसीभैलो खेलेर जुटाएको ...