बन्दसूचीमा समावेशी समूह मिले/नमिलेको आयोगले आज सम्बन्धित दललाई सूचित गर्ने

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावका लागि अब दुई महिना अर्थात् ६० दिन मात्रै बाँकी छ । आउँदो फागुन २१ गतेका लागि तय भएको चुनावका लागि गएको पुस १३ र १४ गते ६४ वटा राजनीतिक दलका तर्फबाट प्राप्त समानुपातिकतर्फको बन्दसूचीमा आयोगले रुजु गरिरहेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानूनबमोजिम समावेशी समूह मिले/नमिलेको रुजु गरेर आज सम्बन्धित दललाई सूचित गरिनेछ र यसलाई दलहरुले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्नेछ । त्यसरी पेश गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो ...