नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आइतबार भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् । नेपाली समाज भारतको आयोजनामा भोलि सोमबार हुने कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड आइतबार साँझ दिल्ली प्रस्थान गर्न लागेका उनका प्रेस संयोजक गोविन्द आचार्यले जानकारी दिए । नेपाली समाज भारतका महासचिव आरबी खड्का अनुसार सोमबार दिउँसो १ बजे लाजपत भवन अडिटोरियम नयाँ दिल्लीमा एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम राखिएको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड आइतबार दिल्ली प्रस्थान गर्न लागेका हु...