अमेरिकाको कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन- शंखर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाको कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने बताएका छन् । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई ‘अपहरण गरेर’ अमेरिका लगिएको विषयमा टिप्पणी गर्दै पोखरेलले अमेरिकाले संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लंघन गरेको बताएका छन् । ‘संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत् नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रस...