पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

ताप्लेजुङको धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सो क्षेत्रमा यस वर्ष पहिलोपटक गत मंसिर ६ गते हिमपात भएको थियो । हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अवस्थित पाथीभरा क्षेत्रमा विगतमा मंसिरदेखि नै हिमपात हुने गर्दथ्यो ।  पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो ।  पाथीभरा क्षेत्रमा हिमपात भए पनि तीर्थयात्रीलाई सहजताका लागि पदमार्गमा फाइबरको ट्रस लगाएको छ ।...