अमेरिकाले भेनेजुएलाका उपराष्ट्रपतिलाई बनायो अन्तरिम राष्ट्रपति

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर त्यहाँका उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भेनेजुएलाको सर्वोच्च अदालतले पनि डेल्सीलाई पदभार ग्रहण गर्न आदेश दिएको छ । मदुरो र प्रथम महिला सिलिया फ्लोरेसलाई मध्यराति अमेरिकाको न्युर्योक पुर्‍याइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सुरक्षित, उचित र न्यायोचित सत्ता हस्तान्तरण नहुँदासम्म’ भेनेजुएलाको शासन सत्ता अमेरिकाले नै चलाउने बताउनुभएको छ । योसँगै अब अन्तरिम राष्ट्रपतिका रूपमा ...