काठमण्डौ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले हिजो गरेको सैन्य आक्रमण र राष्ट्रपतिलाई नियन्त्रणमा लिएको घटनामा भर्त्सना गर्नुभएको छ । एक प्रेस विज्ञप्तिमार्फत् नेता खनालले अमेरिकी ट्रम्प प्रशासनबाट अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको उल्लेख गर्नुभएको छ । भेनेजुएलाका वैधानिक राष्ट्रपति र प्रथम महिला फ्लोरेसलाई जबरजस्ती समातेर अपहरणको शैलीमा अमेरिका पुर्याइएको विषय लज्जास्पद रहेको उहाँको टिप्पणी छ । साथै उहाँले राष्ट्रपति मदुरो र प्रथम महिलाको सकु...