अमेरिकी आक्रमणमा भेनेजुएलामा कम्तीमा ४० जनाको मृत्यु

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पक्राउ गर्ने उद्देश्यले गरिएको अमेरिकी सैन्य आक्रमणका क्रममा कम्तीमा ४० जनाको मृत्यु भएको छ । तर, ह्वाइट हाउस वा पेन्टागनले हालसम्म मृतकको संख्या वा सैन्य कारबाहीको पूर्ण विवरणबारे औपचारिक पुष्टि नगरेको न्यूयोर्क टाइम्सले जनाएको छ । मृतकमध्ये सर्वसाधारण नागरिक र सैनिक दुवै रहेको उल्लेख गरिएको छ । नाम नखुलाउने सर्तमा एक वरिष्ठ भेनेजुएलाली अधिकारीलाई उद्धृत गर्दै प्रकाशित रिपोर्टमा भनिएको छ, ‘आक्रमणमा सर्वसाधारण र सैनिकसहित कम्तीमा ४० जनाको ज्यान गएको छ ।’ अमेरिकी अध...