नेताको दोमन : भाषणमा स्विट्जरल्याण्ड भनौँ कि भेनेजुएला !

चिया पसलमा दुई नेताको भेट भयो । एक जना पुराना, अर्का नयाँ । ल बधाई छ है नेताजी, समानुपातिकमा पर्नुभयो हैन ? के को बधाई हो ? पहिले परेको, अहिले छोडेको ! किन नि ? देख्नुभएन फलानाको आफन्त, नातागोता, सेलिब्रेटी भएकोले समानुपातिकमा पर्‍याे भन्दै खिसीटिउरी गरेका । हैन यो देशमा कोही न कोही मान्छे कसैको न कसैको आफन्त, नातेदार, चिनजानको भैहाल्छ नि । त्यसमाथि समानुपातिकमा पार्लान् भनेरै नयाँ पार्टीलाई सहयोग गरेको । उम्मेदवार नै बन्न पाइएन, सांसद/मन्त्री नै हुन पाइएन भने अहिले पार्टीलाई गरेको योगदान कसरी च...