संयुक्त राज्य अमेरिकाको संयुक्त सेनाका प्रमुख जनरल ड्यान केनले शनिबार बिहान भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिन गरिएको अमेरिकी सैन्य अपरेसनबारे विस्तृत विवरण सार्वजनिक गरेका छन् । उनका अनुसार महिनौंको तयारीपछि अत्यन्त गोप्य र योजनाबद्ध ढंगले यो अपरेसन सम्पन्न गरिएको हो । उक्त कारबाहीलाई अपरेसन ‘एब्सोल्युट रिजोल्भ’ नाम दिइएको थियो । अपरेसनमा १५० भन्दा बढी विमान प्रयोग गरिएका थिए, जसमा लडाकु विमान, बमवर्षक, निगरानी तथा गुप्तचर विमान र हेलिकप्टर समावेश थिए । स्थलसेना, नौस...