प्रकाशमानले ४ पटक चुनाव जितेको क्षेत्रमा नयाँ नाम सिफारिसले काठमाडौं कांग्रेसमा तरङ्ग

पूर्वमहामन्त्री प्रकाशमान सिंहले पटक-पटक चुनाव जित्दै आएको काठमाडौं क्षेत्र नम्बर १ मा यसपटक नयाँ उम्मेदवार पनि सिफारिस भएपछि पार्टीभित्र तरङ्ग सृजना भएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्रीय समितिले प्रकाशमानसँगै बाबुराम आचार्यको नाम सिफारिस गरेको थियो । काठमाडौं १ बाट आचार्यको नाम सिफारिस भएको विषयले जिल्ला समिति तरंगित बनेको छ । भदौ २३–२४ को घटनापछि नयाँ उम्मेदवार सिफारिस गर्न दलहरूमाथि दबाब परेको छ । राजधानी शहर काठमाडौंको पनि केन्द्रमा रहेको क्षेत्र नम्बर १ मा स...