काठमाण्डाै – धनुषाको कमला नगरपालिकामा दुई समूहबीच तनाव बढ्दा त्यसको असरले पर्साको वीरगञ्जमा पनि प्रदर्शन भएको छ । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरि अभद्र टिप्पणी गरेको विषयलाई लिएर धनुषामा देखिएको तनावको असर वीरगञ्जसम्म देखिएको हो । प्रहरीले मधेश प्रदेशभर सुरक्षा सतर्कता बढाएको जनाएको छ । धनुषाको कमला नगरपालिका वडा नम्बर ६ सखुवा मरानमा रहेको मस्जिदमा तोडफोडसमेत भएपछि आज बिहानैदेखि वीरगञ्ज र आसपासका क्षेत्रमा प्रदर्शन भएको छ । वीरगञ्जकाे छपकैया इदगाह चोकमा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउ...