भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गर्न अमेरिकाको महिनौँको तयारी

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न अमेरिकाले महिनौँको तयारी गरेको खुलेको छ । अमेरिकी गुप्तचरहरूले भेनेजुएलाका राष्ट्रपति मदुरोका गतिविधि महिनौँदेखि निगरानी गरेका बीबीसीले जनाएको छ । ६३ वर्षीय मदुरो कहाँ सुत्छन्, के खान्छन्, के लगाउँछन् र उनले पालेका घरपालुवा जनावरहरूसम्मको निगरानी गर्न अमेरिकाले भेनेजुएला सरकारभित्रै स्रोत परिचालन गरेको थियो । महिनौँको सूक्ष्म योजना र अभ्यास पछि मदुरोलाई पक्राउ गर्न ‘अपरेशन एब्सोल्यूट रिजल्भ’ नामक मिशन तयार भएको थियो । यसको तयारीका क्रममा अमेरिकी विशे...