कोटगढीको संरक्षण र प्रवर्द्धन गर्दै पौवादुङमा गाउँपालिका

२० पुस, भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कोटगढी क्षेत्रको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै योजनाबद्ध विकासको काम अघि बढाएको छ । आन्तरिक पर्यटनको सम्भावनालाई उपयोग गर्दै स्थानीय अर्थतन्त्र सबल बनाउने उद्देश्यसहित गाउँपालिकाले उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालेको हो । गाउँपालिकाको सदरमुकाम नजिकै अवस्थित कोटगढी क्षेत्रमा पुग्न सहज […]