चुनावको तयारीबारे छलफल गर्न रास्वपा केन्द्रीय समिति बैठक

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको रणनीति बनाउन रास्वपा केन्द्रीय समितिको बैठक शुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार दिउँसो बैठक बसेको हो । बैठकमा मुख्यत: फागुन २१ का लागि तय भएको निर्वाचनमा पार्टीको तयारीबारे छलफल हुने एक नेताले जानकारी दिए । बैठकमा फिल्डमा खटिएका नेताहरूले वस्तुस्थितिबारे रिपोर्टिङ गर्दैछन् । केन्द्रीय समिति बैठकअघि रास्वपा सचिवालयको बैठक बसेको थियो । रवि लामिछाने अदालतको आदेशले धरौटीमा छुटेपछि दोस्रो पटक केन्द्रीय समिति बैठक बसेको हो ।