रूपन्देही १ बाट विश्वकर्मासहित ३ जनाको नाम सिफारिस

रूपन्देही १ बाट नेकपा एमालेका सचिव छविलाल विश्वकर्मासहित ३ जनाको नाम सिफारिस भएको छ । सचिव विश्वकर्मासहित दधीराम न्यौपाने र डा. कृष्ण न्यौपानेको नाम सिफारिस भएको कार्यालय सचिव तथा जिल्ला कमिटी सदस्य बालकृष्ण पाण्डेले जानकारी दिए । प्रस्तावित दुवै न्यौपाने यसअघि प्रदेश सभा सदस्य भइसकेका हुन् । न्यौपानेद्वय पूर्वप्रदेशसभा सदस्य हुन् । विश्वकर्मा यही क्षेत्रबाट २०७४ र २०७९ मा निर्वाचित भएका थिए ।