वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने तालिमका विषयमा अध्ययन गरिने

२० पुस, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने सिपमूलक तालिकका विषयमा थप अध्ययन गरिने भएको छ । आज बसेको वैदेशिक रोजगार बोर्डको बैठकले सिपमूलक विषयमा थप अध्ययन गर्ने निर्णय गरेको हो । बोर्डमा रहेको समितिहरूले तालिमबारे अध्ययन गर्ने र १५ दिनभित्रमा प्रतिवेदन दिने निर्णय गरिएको हो । प्रतिवेदनको आधारमा तालिमका विषयमा निर्णय गरिनेछ । […]