७ फेस्टिभल आयोजक सेन्सर बोर्डमा, ‘फेस्टिभल फिल्म’ लाई जाँच्ने नियम खारेजीको माग

काठमाडौं । चलचित्र महोत्सवमा देखाइने फिल्मलाई जाँच गर्नुपर्ने केन्द्रीय चलचित्र जाँच समितिको नयाँ नियमलाई खारेज गर्न चलचित्र महोत्सवका आयोजकले माग गरेका छन् । आइतबार समिति अध्यक्ष तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता उदयबहादुर रानामगरलाई भेटेर ७ वटा फिल्म फेस्टिभलका प्रतिनिधिले मागपत्र बुझाएका हुन् । किम्फ, निफ, हुमन राइट्स, वुमन फिल्म फेस्टिभल, ग्रामीण चलचित्र, पामे […]