नेप्से २ हजार ६ सय १० विन्दुमा झर्‍याे, ५ अर्ब रुपैयाँभन्दा धेरैकाे शेयर काराेबार

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव २९ अङ्कले घटेर २ हजार ६ सय १० दशमलव ६३ विन्दुमा झरेको छ । आज होटल, उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा अन्य समूहको शेयर सबैभन्दा धेरै १ दशमलव ६९ प्रतिशतले ओरालो लागेको छ । आज ५ वटा कम्पनीको शेयर ४ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन विन नेपाल लघुवित्त, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिह...