लुम्बिनी एमाले : विष्णु पौडेल ३ ठाउँबाट सिफारिस, प्रभावशाली नेताहरू को, कहाँ ?

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले प्रत्यक्षतर्फ धमाधम उम्मेदवार सिफारिस गरेको छ । लुम्बिनी प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने प्रभावशाली नेता तथा केन्द्रीय पदाधिकारी एकल र कोही नेता दुई स्थानबाट पनि सिफारिस भएका छन् । लुम्बिनी प्रदेशमा प्रतिनिधिसभातर्फ १२ जिल्लामा २६ वटा निर्वाचन क्षेत्र छन् । रूपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल एकल सिफारिस भएका छन् । रूपन्देही पौडेलको गृहजिल्ला हो । पौडेल यही क्षेत्रबाट २०७९, २०७४, २०७० र २०६४ मा लग...