भीमफेदीमा जिप दुर्घटना, ९ जना घाइते

मकवानपुरको भीमफेदीमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भीमफेदी गाउँपालिका ६ जुरीखेतमा ना १ ज १७७८ नम्बरको सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका प्रहरीले जनाएको प्रहरीका अनुसार काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको सुमो साँझ ५:२० बजे सडकबाट करिब १०० मिटर तल खोल्सामा पुगेको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर र २ जना बालबालिकाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।