राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले भेनेजुएलामा भएको अमेरिकी सैन्य हस्तक्षेप र त्यहाँका निर्वाचित राष्ट्रपति निकोलास मादुरोको गिरफ्तारीको घोर निन्दा र भर्त्सना गरेको छ। मोर्चाका संयोजक सन्त बहादुर नेपालीले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै अमेरिकी कदमलाई 'नग्न हस्तक्षेप' र 'अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन' को संज्ञा दिनुभएको हो। वक्तव्यमा उल्लेख भएअनुसार, गत पुस १९ गते अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाको डेल्टा फोर्सले भेनेजुएलाको राजधानी काराकासमा आक्रमण गरी राष्ट्रपति मादुरो र उनकी पत्...