सरकारी तथा गैर-सरकारी निकायहरूको सूचना प्रणालीमा अनधिकृत पहुँच पुऱ्याई डेटा ब्रिच (सूचना चोरी) गर्ने कार्यमा संलग्न दुई जनालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ। विगत केही महिनादेखि 'CMD Nepal' र 'Nepali for Nepal' (NFN) जस्ता समूहहरूले सामाजिक सञ्जालमार्फत सरकारी सर्भरहरू ह्याक गरेको दाबी गर्दै आएको सन्दर्भमा ब्यूरोले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो। विशेषगरी नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र निर्वाचन आयोग नेपालको सूचना प्रणालीमा अनधिक...