काठमाडौँका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेतामा मनोनीत

 काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेतामा मनोनीत भएका छन् । रास्वपाको आज बसेको केन्द्रीय समितिको विशेष बैठकले शाहलाई पार्टीको वरिष्ठ नेतामा मनोनयन गर्ने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।  स्वतन्त्र रूपमा निर्वाचन जितेर महानगरको नेतृत्व सम्हालिरहेका शाहको केही अघि  रास्वपामा आवद्ध हुन सहमत भएका थिए । उनलाई रास्वापाले चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति गरेको छ ।