राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय समिति विस्तार गरेको छ। पार्टीको पछिल्लो निर्णयअनुसार दलित अधिकारकर्मी खगेन्द्र सुनारदेखि अभियन्ता केपी खनालसम्मलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो। आइतबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच नवनियुक्त सदस्यहरूलाई आजै पद तथा गोपनीयताको शपथ समेत गराइएको छ। पार्टी सभापति रवि लामिछानेले उनीहरूलाई शपथ गराउँदै पार्टीको विचार र एजेन्डालाई आम जनतासम्म पुऱ्याउन सक्रिय भूमिका खेल्न निर्देशन दिए। मनोनीतहरुमा सागर ढकाल, सुनिल लम्साल, भूपदेव शाह, र...