सागर ढकाल बने रास्वपाको केन्द्रीय सदस्य

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सागर ढकाललाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । आइतबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले ढकाललाई केन्द्रीय सदस्यमा मनोनीत गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।  ढकाल गत निर्वाचनमा डडेलधुरामा शेरबहादुर देउवाविरुद्ध चुनाव लडेर चर्चामा आएका थिए ।