तेक्वान्दोमा ४ स्वर्णसहित २६ पदक

चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १० औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरी २६ पदक जितेका छन् । गेरोगी, पुम्से र स्पिड किकमा खेलाडीले पदक जितेका हुन् । जोलिना बस्नेत, हृदयानी बस्नेत, कैरवप्रसाद लोहनी र गिता विष्टले स्वर्ण जिते । आश्रय उपाध्याय, सक्षम श्रेष्ठ, आयाम पौडेल, मेघानी घतानी, जिग्मे तेन्जिङ शेर्पा, दीपक दुलाल र रन्जिता भुसालले रजत हात पारे । एभिनजंग केसी, आरभी ज्ञवाली, यत्ना तिम्सिना, इनाया महर्जन, माइरा कार्की, श्रेयान कार्की, युजेन तामा...