भेनेजुएलामाथि अमेरिकी सैन्य कारबाहीपछि राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दै

अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक आज बस्दै छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुनका लागि ‘खतरनाक नजिर’ भएको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । कूटनीतिज्ञहरूका अनुसार कोलम्बियाको अनुरोधमा, रूस र चीनको समर्थनसहित १५ सदस्यीय सुरक्षा परिषद्को बैठक बस्न लागेको हो । अमेरिका र भेनेजुएलाबीच बढ्दो तनावका कारण सुरक्षा परिषद् बैठक यसअघि पनि गएको अक्टोबर र...