मान्छेलाई केन्द्रबिन्दुमा राखेर विकास गर्नुपर्छ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले आफ्नो लक्ष्य देशको सुशासन र विकासमै केन्द्रित रहेको बताएका छन् ।  धरान उपमहानगरपालिकाको १२५औँ स्थापना दिवस ‘धरान डे (धरान उत्सव)’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “हाम्रो उद्देश्य देशको सुशासन र विकासमै केन्द्रित छ । मान्छेलाई केन्द्रबिन्दुमा राखेर विकास गर्नुपर्छ । मान्छेलाई विस्थापित गरेर गरिने विकास भ्रम मात्र हो, त्यसैले मान्छेलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामीले गम्भीर रूपमा सोच्नुपर्छ...