काठमाण्डौ – काठमाण्डौसहित देशभर दिनहुँ चिसो बढेको छ । काठमाण्डौमा हिजोको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेकोमा आज बिहान ३ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । काठमाण्डौको यो तापक्रम यस वर्षको हिउँद शुरू भएयताकै सबैभन्दा कम हो । मौसमविद् विनु महर्जनका अनुसार आउँदो केही दिनसम्म तापक्रम यही आसपास रहने अनुमान छ । तराईका धेरैजसो ठाउँमा आज पनि बिहान बाक्लो हुस्सु र कुहिरो लागेको छ । विशेषगरी बाँकेको नेपालगञ्जमा आज बिहान सबैभन्दा बाक्लो हुस्सु लागेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जको भ...