मौसमी फ्लु र चिसोसँगै टाउको दुखाइका बिरामी बढ्दै

तराई क्षेत्रमा चिसो बढेसँगै टाउको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या वृद्धि भएको छ । चिकित्सकहरूका अनुसार चिसो हावा, तापक्रममा आएको अचानक परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र काँध क्षेत्रका मांसपेशी कडा हुनु जस्ता कारणले जाडो मौसममा टाउको दुखाइ बढ्ने गरेको छ । कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार जाडो मौसमले शरीरको ताप सन्तुलन र रक्तसञ्चार प्रणालीमा प्रत्यक्ष असर पार्ने भएकाले यो समयमा टाउको दुखाइको समस्या लिएर आउने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको छ ।...