सिरहाको लहान नगरपालिकाले चिसो र शीतलहरबाट प्रभावित करिब सात सय विपन्न दलित परिवारलाई न्यानो फाइबर सिरक वितरण गरेको छ । नगरप्रमुख महेश चौधरीका अनुसार नगरपालिकाले हालसम्म विभिन्न वडाका करिब सात सय परिवारलाई सिरक वितरण गरिएको छ । नगरप्रमुख चौधरीको नेतृत्वमा आज वडा नं १२, १७, १८ र २३ का अतिविपन्न तथा दलित बस्तीमा पुगेर सिरक हस्तान्तरण गरिएको छ । लहान नगरपालिका—१८ का ८० परिवार र वडा नं २३ का डोम समुदायका २३ परिवारलाई सिरक प्रदान गरियो । यस्तै, वडा नं १७ स्थित बलानसेर सदाय बस्तीका ५२ परिवारले पन...