काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह, उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता–कार्यकर्ताको व्यवस्थापनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बृहत्तर एकता घोषणा सभा गर्दैछ । रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा हुने छ । सभामार्फत एकता प्रक्रियालाई पूर्णता दिइने र आगामी राजनीतिक कार्यदिशा सार्वजनिक गरिने पार्टीले जनाएको छ । रास्वपाले पुस १३ र १४ गते काठमाडौँका मेयर बालेन शाह र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गर...