उत्तर कोरियाले सन् २०२६ कै पहिलो ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न आक्रमण गरेकै समयमा किम जोङ उनले पूर्वी सागरमाथि कम्तीमा दुई क्षेप्यास्त्र प्रहार गरेका हुन्। रोयटर्सका अनुसार दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ चीनको राजकीय भ्रमणमा गएकै दिन र अमेरिकाले भेनेजुएलामा आक्रमण गरेपछि क्षेप्यास्त्र प्रहार गरिएको हो। परमाणु हतियार र लामो दूरीका मिसाइल परीक्षणलाई निरन्तरता दिँदै आएको उत्तर कोरियाप्रति अमेरिका अत्यन्त ...