बेलायतमा काम मिलाइदिने भन्दै ठगी बढ्यो, सचेत रहन नेपाली दूतावासको आग्रह

काठमाण्डौ – बेलायतमा कामको अनुमति दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ । कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ । ठगी गर्नेहरु कतिपय नेपालीमूलका व्यक्तिहरु नै रहेको बुझिएको छ भने चिनेजानेकै नेपालीहरुमार्फत तेश्रो देशका व्यक्तिहरुसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरुको गुनासो पनि आएको दूतावासको विज्ञप्तिमा उल्लेख छ । यस्ता अपराधहरु नेपाल र बेलायत दुवै देशमा दण्डनीय हुने भन्दै नेपालका...