राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले अचानक पक्राउ गरेपछि भेनेजुएला नयाँ र अत्यन्तै अनिश्चित युगमा प्रवेश गरेको छ । अब के हुन्छ ? भन्नेबारे व्यापक आशंकाका बीचमा, राजधानी काराकास र अन्य शहरहरूका सडकहरू शान्त छन् । मानिसहरू सुरक्षा बलहरू कडा भएको अवस्थामा बाहिर निस्कनेबारे चिन्तित रहेको सीएनएनले जनाएको छ तर, सरकार समर्थित अर्धसैनिक समूहहरू सडकमा देखिने संकेत कम देखिएको छ। बाहिर निस्केकाहरूको एउटा प्राथमिकता छ- राजधानीमा झडप वा लुटपाट देखिएमा आधारभूत आपूर्तिहरू भण्डारण गर्ने । आतंक किनमेलको कुनै संकेत छैन तर भेने...