अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जलाई धम्की दिएका छन् । उनले अमेरिकाले सही ठानेको बाटो नअपनाए डेल्सी रोड्रिग्जको हालत अपदस्थ राष्ट्रपति निकोलस मादुरोभन्दा पनि खराब हुन सक्ने चेतावनी दिएका हुन् । द अटलान्टिक म्यागजिनलाई दिएको अन्तर्वार्ताका क्रममा उनले यस्तो चेतावनी दिएका हुन्। यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले डेल्सी रोड्रिग्जसँग कुराकानी गरेको र भेनेजुएलाका जनताको जीवनस्तर सुधार्ने विषयमा अमेरिका राखेका अपेक्षामा उनी काम गर्न तयार रहेको ट्रम्पले बताएका थिए । न्युयोर्क पोस्...