रास्वपामा नेताहरूको व्यवस्थापनदेखि कांग्रेसमा फुटको भयसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारीको संख्या बढाएको छ । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकबाट पदाधिकारी पद थप गरिएको प्रवक्ता मनीष झाले जानकारी दिए । थप गरिएका पदाधिकारीमा उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक–एक रहेका छन् । ०००० रास्वपाले आफ्नो केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीको पछिल्लो निर्णयअनुसार दलित अधिकारकर्मी...