प्रतिनिधिसभा चुनावका लागि मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्त

काठमाण्डौ – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २५ गतेदेखि लागू हुने गरी न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ । यसैगरी, न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ । आयोगका अनुसार यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाच...